समानुपातिक सूची तयार गर्न माओवादीले बनायो कार्यदल



काठमाडौँ। नेकपा माओवादी केन्द्रले समानुपातिक सूची तयार गर्न एक कार्यदल गठन गरेको छ।

पार्टी कार्यलय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले महासचिव देवप्रसाद गुरुङको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको हो। जसको सदस्यमा शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल र मातृकाप्रसाद यादव छन्।

आइतबार बसेको पदाधिकारी बैठकले प्रदेशबाट पुनः सर्ट लिष्ट गरेर पठाउन निर्देशन दिएको छ। प्रदेशबाट सर्ट लिष्ट भई आएपछि कार्यदलले फाइनल लिष्ट तयार गर्ने सचिव लीलामणि पोखरेलले बताए। कार्यदलले आफ्नो गृहकार्य गरेर तयार पारेपछि सोमबार बस्ने पदाधिकारी बैठकले अनुमोदन गर्ने भएको छ। सोमबारै माओवादीले समानुपातिक लिष्ट निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ।