काठमाडौँ। देशभर थप ६३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ।
३ हजार ७४० जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३५ तथा एन्टिजेन विधिबाट २८ जनामा सङ्क्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १३१ जना सङ्क्रमणमुक्त पनि भएका छन्। योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ९६६ पुगेको छ।