संघीय संसद प्रतिनिधि सभाको बैठक बस्दै



काठमाडौँ। संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दै छ।

संसद भवन नयाँ बानेश्वरमा बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार पाँचवटा विधेयक प्रमाणीकरण गरेकी छन्।

त्यसैगरी बैठकमा कारागार विधेयक, २०७८ माथि राष्ट्रिय सभाबाट भएको संशोधन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । राष्ट्रिय सभा बैठक पनि आजै विहान ११ बजे बस्ने कार्यसूची रहेको छ।