काश प्रकरण: चिकित्सक काममा फर्किए ।



जुम्ला। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको बहिरंग बिभाग (ओपिडी) संचालन भएको छ । भाद्र २ गते आकस्मिक विभागका चिकित्सक डा. करण शाह कुटिएपछि चिकित्सकहरु आन्दोलित भएका थिए ।

चिकित्सक कुटिएपछि बिरोध स्वरुप प्रतिष्ठानका चिकित्सकहरुले प्रत्येक दिन १ घण्टा ब्यानर सहित आन्दोलन गर्ने गरेका डाक्टर सन्दिप श्रेष्ठले बताए । उनले भने, ‘हामिले बिरामिलाई मर्का नपर्ने गरि दिनको १ घण्टा आन्दोलनलाई अगाडि बढाउँदै गरेका थियौं । तर कतैबाट सुनुवाइ नहुदा बाध्य रुपमा ओपिडी बन्द गरेका हौं ।’

त्यसैगरी डाक्टर करण शाहमाथी लागेको बालाधिकार हनन मुद्दालाई धनबहादुर शाहिको पक्षले फिर्ता सम्बन्धी निवेदन दिने सहमतिपछि अस्पतालमा बन्द भएका ओपिडी र चिकित्सकहरुले थालेको आन्दोलन फिर्ता गरेको अस्पताल निर्देशक डा. पुजन रोकायले बताए । रोकायले चिकित्सकहरुले दिएको राजिनामा फिर्ता र ओपिडी सेवा सुचारु भएको बताए ।

चिकित्सकलाई कुटपिट गर्ने अस्पतालका कर्मचारी धन बहादुर शाही धरौटिमा शुक्रबार रिहा भएका छ्न् ।