काठमाडौँ। सत्ता गठबन्धनको शीर्ष नेतृत्वको बैठक आज पनि बस्ने भएको छ।
बैठकमा सिट बाँडफाँडबारे कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ। कार्यदलको प्रतिवेदनको अध्ययन पछि शीर्ष नेतृत्वले थप छलफल गरेर सिटको भागबण्डाको संख्यालाई अन्तिम रूप दिने बताइएको छ। कार्यदलले बिहीबार शीर्ष नेतालाई आफ्नो प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमा सिट संख्या भने तोकिएको छैन।
कार्यदलले गठबन्धनबीच सिटबारे सहमति जुटेको क्षेत्र र नजुटेको क्षेत्रसमेत समेटेर प्रतिवेदन तयार गरी बुझाएको बताइएको छ। सिट संख्यामा भने कार्यदलमा पनि सहमति जुट्न सकेको थिएन।