अन्तिम अवस्थासम्म संघर्ष गरिरहन्छु :अध्यक्ष प्रचण्ड



काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रियावादीहरुो अन्तिम अवस्थासम्म संघर्ष गरिरहने बताएका छन्।

२४ औं सुरेश वाग्ले (बासु) स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले अहिले पनि आफू भिन्न रुपले संघर्षमै रहेको बताएका हुन्।

‘म भिन्न रुपमा संघर्षमै छु, हुनसक्छ अर्को परिस्थिति बन्यो भने अर्कै रुपमा संघर्षमा बढिराख्ने हुन्छ’, प्रचण्डले भने, ‘यो वर्गयुद्ध हो जारी छ।’ उनले अहिले कसले जित्छ भन्ने कुराको अन्तिम फैसला भइनसकेको भन्दै संघर्षप्रति प्रतिवद्धता जनाउनु नै बासु वाग्लेप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताए।

उनले माओवादीमाथिको प्रहार जनयुद्धदेखि अहिलेसम्म नरोकिएको बताए। ‘म संघर्षमै छु त्यसकारण प्रतिकृयावादी प्रतिगामी तत्वबाट प्रहार भइरहेको छ’, प्रचण्डले माओवादी र नेतृत्वमाथिको प्रहार जारी रहेको बताए।