हुम्लाको प्रदेश (क) मा राप्रपा नेपालद्वारा जनक फडेरालाई सिफारिस



हुम्ला। राप्रपा नेपालले हुम्लाको प्रदेश सभा(क)मा जनक फडेरालाई उम्मेदवार सिफारिस गरेको छ ।

युवा कृषिविज्ञ फडेरा प्रदेश सभा (क) बाट समानुपातिक तर्फ सिफारिस भएको राप्रपा नेपाल कार्य समिती हुम्लाले बताएको छ । मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागि राप्रपा नेपाल जिल्ला कार्यसमिति हुम्लाको बैठकले प्रदेश सभा (क) बाट फडेरालाई उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको हो ।

युवा कृषिविज्ञ समेत रहेका फडेरा २०७० सालदेखि राप्रपा नेपालको राजनीति गर्दै आएका छन्। काठमाडौंको एकमात्रै कृषि क्याम्पस हिकास्ट कलेजबाट राजनिती सुरु गरेका फडेरा विद्यार्थी संगठको ईकाई अध्यक्ष हुँदै राप्रपा नेपाल निकट विद्यार्थी संगठनको केन्द्रीय महासचिव समेत भईसकेका छन्।

सफल कृषिविज्ञ साथसाथै एक कुशल राजनीतिज्ञको रुपमा परिचित उनी भन्छन्, ‘अब राजनीतिक सुधार्ने हो र मुलुकको कायालपट गर्ने हो भने युवा नेतृत्वको विकल्प छैन । मेरो हुम्ला अर्गानिक स्याउ, चिनो, कागुनो, जडिबुटी अन्तर्राष्ट्रिय जगतमा चिनाउन पनि मेरो उम्मेदवार रहेको छ ।’

राजनीतिलाई फोहोरी खेल भन्ने युवालाई राजनीतिमा आएर यो फोहोर सफा गर्नलाई पनि युवाहरु राजनीति आउनुपर्ने जरुरी रहेको उनले बताए।

राप्रपा नेपालले चुनाव चिन्ह ‘तिर’ लिएर चुनावी मैदानमा सहभागी हुने भएको छ ।