काठमाडौँ। नेपालमा थप २२१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ।
४ हजार ५८ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १२२ तथा एन्टिजेन विधिबाट ९९ जनामा सङ्क्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यही अवधिबाट २०६ जना निको पनि भएका छन्। योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ४४४ पुगेको छ। यता थप २ लाख ६९ हजार ६४५ जनाले कोरोना विरुद्धको खोप पनि लगाएका छन्।