चन्द्रमामा मानवरहित यान प्रक्षेपणमा नासा दोस्रो पटक असफल



काठमाडौँ। चन्द्रमामा मानवरहित यान प्रक्षेपण गर्ने नासाको दोस्रो प्रयास पनि असफल भएको छ।

आर्टमिस १ मिसन अन्तर्गत नासाले स्पेस लन्च सिस्टम (एसएलएस) रकेटमार्फत अन्तरिक्ष यान चन्द्रमामा पठाउने तयारी थियो। केनिडी स्पेस सेन्टरबाट प्रक्षेपण गरिरहेको बेला रकेटबाट फ्युल लिक भएपछि मिसन स्थगित गरिएको नासाले जनाएको छ। नासाले यसअघि अगस्ट २९ तारिखमा पनि प्रक्षेपण गर्ने तयारी गरेको थियो तर इन्जिनमा केही समस्या देखिएपछि स्थगित भएको थियो।

अगस्ट २३ देखि सेप्टेम्बर ६ सम्म १२ वटा प्रक्षेपण गर्ने अवसर थियो । तीमध्ये नासाले अगस्ट २९ र सेप्टेम्बर ३ तारिखमा प्रक्षेपण गर्न खोजेको थियो ।अब सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म प्रक्षेपण गर्ने १४ वटा अवसरहरु छन् । तीमध्ये कुन समयमा प्रक्षेपण गर्ने भन्नेबारे नासाले मिति टुंग्याएको छैन।

नासाले बनाएको एसएलएस रकेट संसारकै सबैभन्दा अग्लो रकेट रहेको बताइएको छ । यो रकेटको उचाइ ३ सय २१ फिट रहेको छ। आर्टिमिस १ मिसनको पहिलो उद्देश्ये भनेकै एसएलएस रकेटको प्रक्षेपण हो । यही रकेटमा रहेको ओरियन(मल्टिप्रपोज क्रु भेकल९एमपीसीभी०क्याप्सलले नै अन्तरिक्षयात्रीहरुलाई चन्द्रमामा पुर्‍याउने नासाले जनाएको छ ।

नासाको आर्टिमिस मिसन अन्तर्गत चन्द्रमामा पहिलो पटक महिलालाई अवतरण गराउने लक्ष्य छ । आर्टिमिस २ को लन्च सन् २०२४मा हुने नासाले जनाएको छ । उक्त मिसनमा मानव समेत हुनेछन्।