हुम्लाबाट प्रतिनिधिसभातर्फ दल रावल सिफारिस



हुम्ला। नेकपा एमाले हुम्लाले प्रतिनिधिसभा सदस्यका लागि पुर्वमन्त्री दल रावललाई सिफारिस गरेको छ।

एमाले जिल्ला कमिटी हुम्लाले सनिबार प्रतिनिधि सभामा रावलसहित प्रदेश सभाका उम्मेद्वार सिफारिस गरेको हो। २०७४ सालमा प्रदेश सभा ( क) बाट निर्बाचित रावल सामाजिक बिकास मन्त्री भैसकेका छन्।

त्यस्तै एमाले हुम्लाले प्रतिनिधि सभाको समानुपातिक तर्फ गोर्ख बहादुर बोगटीसहित बिमला शाही, पर्वत सुनार, छेपालदोर्जे लामा, रामबहादुर दानी र अजवीर बुढालाई सिफारिस गरेको छ।

प्रदेश (क) प्रत्यक्षमा दल फडेरा र पुर्ण प्रशाद ढकाललाई सिफारिस गरेको छ भने (क) कै समानुपातिक तर्फ सुरेन्द कार्की, कलबहादुर हमाल, धन्जय परियार र मन्जु रावललाई सिफारिस गरेको छ।

प्रदेश (ख) प्रत्यक्षमा छिमिदोर्जे लामा, कमल वोहोरा, डवल रावत र उत्तम लामालाई सिफारिस गरेको छ भने समानुपातिकतर्फ रूपा शाही पीछडिएको महिला तर्फ, प्रकाश सुनार दलित तर्फ, छविचन्द लामा जनजाति तर्फ र नोरजाङग तामाङ सिफारिस गरेको नेकपा एमाले हुम्लाले बताएको छ।