कान्तिका सेजुवाल प्रतिनिधिसभा सदस्यका लागि सिफारिस



काठमार्डौँ। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य कान्तिका सेजुवाल प्रतिनिधि सभा सदस्यका लागि सिफारिस भएकी छन्।

सनिबार नेपाली कांग्रेस जुम्लाले सेजुवालसहित अन्य उम्मेद्वारको नाम सिफारिस गरेको हो। शनिबार बसेको जिल्ला कार्यसमितिको बैठकले उम्मेदवारका नाम टुंगो लगाएसँगै सेजुवाल प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपतिक तर्फ सिफारिस भएकी हुन्।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सेजुवालसँगै देवेन्द्रबहादुर शाही, कर्णबहादुर शाही सिफारिस भएका छन्। त्यस्तै समानुपातिकतर्फ सेजुवालसहित गीता शाही, जयहरी आचार्य, परेकलाल धर्ती, भिमनिधि हमाल, लक्ष्मीप्रसाद आचार्य, लालबहादुर जिसी, लाल हमाल सिफारिस भएका छन्।

प्रदेश निर्वाचन क्षेत्र (क) प्रत्यक्ष तर्फ अर्जुनसिंह कठायत, खड्कबहादुर सेजुवाल, दिनवन्धु श्रेष्ठ, लक्षिमन बोहरा, ललितजंग शाहीको नाम सिफारिस गरेको छ। समानुपातिक तर्फ उमा बुढा रावत, कार्मा बुढा, कौशिला नेपाली, गोविन्द्रबहादुर शाही, तुलबहादुर रावत, दिपक शाही, धनकृष्ण नेपाली, नेत्रकला शाही र दिलबहादुर महतको नाम सिफारिस गरेको कांग्रेस जुम्लाले बताएको छ।

त्यसै गरी समानुपातिकतर्फ पुन्नकली महतारा, विरेन्द्रबहादुर मल्ल, विष्णुबहादुर सुनार, महेन्द्र कार्की, रतनसिंह बुढा, लक्ष्मी कार्मी, माया सार्की, श्रीकृष्ण कार्मी, रामकृष्ण न्यौपाने र जंगविर नेपालीको सिफारिस भएका छन्।

प्रदेश निर्वाचन (ख) प्रत्यक्षतर्फ दिपबहादुर शाही, देवलसिंह रावल, पूर्णप्रसाद आचार्य, महेन्द्रनिधि हमाल, लंकबहादुर शाही र हरिकृष्ण हमालको नाम सिफारिस भएको जनाएको छ। समानुपातिक तर्फ धनबहादुर बस्नेत, अकलबहादुर शाही, उर्मिला खत्री भण्डारी, गगनबहादुर रोकाया, चक्रबहादुर शाही, नरविर रावत, छत्रबहादुर शाही, विश्वराज काफ्ले, लक्ष्मीप्रसाद आचार्य, तुंगनाथ उपाध्याय, नवराज शर्मा र रविलाल आचार्यको नाम सिफारिस भएको कंग्रेस जुम्लाले बताएको छ। मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्बाचनमा विभिन्न दलले आफ्ना उम्मेद्वार सिफारिस गरिरहेका छन्।