नेपाल १७ रनले विजयी



काठमाडौँ। एक दिवसीय क्रिकेटको दोस्रो खेलमा पनि नेपाल विजयी बनेको छ । शनिबार केन्यालाई नेपालले २३१ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

उक्त लक्ष्य प्रस्तुत गर्ने क्रममा  नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा शनिबार टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर २३० रन बनाएको थियो।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ७८ रन बनाएका थिए। देव खनालले ३७, सोमपाल कामीले २६ र ज्ञानेन्द्र मल्लले २५ रन बनाएका थिए।