नेपालले केन्यालाई दियो २३१ रनको लक्ष्य



काठमाडौँ। दोस्रो एकदिवसीयमा नेपालले केन्यालाई २३१ रनको लक्ष्य दिएको छ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा शनिबार टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर २३० रन बनायो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ७८ रन बनाए । देव खनालले ३७, सोमपाल कामीले २६ र ज्ञानेन्द्र मल्लले २५ रन बनाए । केन्याका नेहमिह ओडिएम्बो, शेम गोचे र भिराज पटेलले २-२ विकेट लिए ।