हुम्लाको प्रदेश (क) मा अर्जुन महतारा सिफारिस



हुम्ला। जिल्लाको प्रदेश सभा (क) मा युवा नेता अर्जुन महतारा सिफारिस भएका छन्।

नेपाली कांग्रेस जिल्ला कार्यसमिती हुम्लाले प्रदेश सभा र प्रतिनिधि सभामा आफ्ना उम्मेद्वार सिफारिस गरेसँगै युवा नेता महतारा सिफारिस भएका हुन्।

कांग्रेस हुम्लाले प्रदेश सभा (क) मा अर्जुन महतारासहित तीन जनाको नाम सिफारिस गरेको हो। केन्द्रमा भएको गठबन्धन निरन्तरता को आधारमा हुन सक्ने भागबण्डालाइ मध्य नजर गर्दै टिकट का लागि आफ्ना उम्मेद्वार टुङ्ग्याएको प्रदेश सभा (क) मा सिफारिस भएका महताराले बताए। पछिल्लो समय राजनितिमा युवा वर्गको आकर्सण बढिरहेको बेला महतारा युवा वर्गको रोजाइमा पर्ने कांग्रेसले आंकलन गरेको छ।

कांग्रेस जिल्ला कार्य समिति हुम्लाको दुई दिन सम्म चलेको बैठकले प्रतिनिधि सभा र प्रदेश सभा ‘ख’ का लागि भने कणाली प्रदेशका हालका मुख्य मन्त्री जीवन बहादुर शाहिको एकल नाम सिफारिस गरेको छ।

एक निर्वाचन क्षेत्र भएको प्रतिनिधि सभा र दुई क्षेत्र भएको कर्णाली प्रदेश सभाका लागि कांग्रेसले १४ जनाको नाम सिफारिस गरेको हो । प्रदेश निर्वाचन क्षेत्र (क) का लागि प्रत्यक्षतर्फ महतारा संगै मंगलबहादुर शाही, र मानदेव शाहीलाई सिफारिस गरेको छ भने समानुपातिकतर्फ रामबहादुर टमटा, सविता ऐडी, मैना बुढा र मिमबहादुर शाहीलाई सिफारिस गरिएको हो।

त्यस्तै प्रदेश निर्वाचन क्षेत्रको (ख) प्रत्यक्षतर्फ मुख्यमन्त्री शाही एकल सिफारिस भएका छन भने समानुपातिकतर्फ पदमबहादुर लामा, बिजया बुढा र रिता लामालाई सिफारिस भएका छन्। प्रत्यक्षतर्फ प्रतिनिधि सभातर्फ मुख्यमन्त्री शाही र समानुपातिकतर्फ जयपति रोकाया र रिता शाहीको नाम सिफारिस गरेको कंग्रेस हुम्लाले जानकारी दिएको छ।