काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले स्व.प्रदीप गिरीलाई समाजवादी र दार्शनिक व्यक्तित्वको रुपमा स्मरण गरेका छन्।
बिहीवार काठमाडौँमा भएको १३ औँ दिनको स्मृति सभालाई सम्बोधन गर्दै उनले नेपाली काँग्रेसका स्व. नेता गिरी भर्सटायल, जिनियस भएको बताएका हुन्। प्रधानमन्त्री देउवाले स्व. गिरीमा सबै क्षेत्रको ज्ञान रहेको उल्लेख गर्दै नेपालमा गिरी सरहको बौद्धिक व्यक्तित्व कमै मात्र पाइने बताए।
उनले गिरीको निधनले नेपाल र सारा विश्वलाई अपूरणिय क्षति पु¥याएको उल्लेख गर्दै यसको क्षति पूर्ण गर्न नसकिने बताए । उनले स्व. गिरीका लेखहरु पढ्नैपर्ने र लेखहरुमा समाजवादको चिन्तन र समाजवादी आन्दोलनका अनगिन्ती ज्ञान मिल्ने बताए । उनले स्व. गिरीले छोडेर गएका चिन्तनहरुलाई नेपाली काँग्रेसले देशभर पुर्याउने बताए।
उनले भने, ‘उहाँलाई मैले भन्ने गरेको छु, उहाँ मान्छे एकदमै भर्सटायल, जिनियस मान्छे भने हुन्छ। उहाँमा सबै क्षेत्रको ज्ञान थियो। उहाँ समाजवादी मात्रै होइन, दार्शनिक पनि हो। उहाँ विद्वान मानिस हो। नेपालमा त्यस्तो विद्वान मानिस धेरै कम छन्। उहाँको निधनले हामीलाई अपूरणिय क्षति भएको छ। यसको पूर्ति हामी गर्न सक्दैनौँ। उहाँले लेखेका लेखहरु पढ्ने हो भने समाजवादको चिन्तन र आन्दोलनका धेरै ज्ञान मिल्नेछ। उहाँले छोडेर गएका चिन्तनहरु हाम्रो पार्टीले अघि बढाउनुपर्छ। उहाँले लेखेको पुस्तकहरु हाम्रो पार्टीले देशभर पठाउनेछ । उहाँले लेखेका कुराहरुलाई हामीले अघि बढाउनुपर्छ।’
प्रधानमन्त्री देउवाले स्व. गिरीले लेखेका पुस्तकहरुलाई पार्टीले देशभरमा पुर्याएर उनका चिन्तनहरु अघि बढाउने बताए।