काठमाडौँ। नेपालमा कोभिड–१९ बाट थप एक जना सङ्क्रमितको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ सय ७१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको जानकारी दिएको हो।
३ हजार ९२० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २२४ तथा एन्टीजेन विधिबाट ४७ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको भनाई छ। त्यस्तै, १७५ जना सङ्क्रमणमुक्त भएका छन्। योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार १९४ पुगेको छ।