काठमाडौँ। अभिनेता पल शाहविरुद्धको मुद्दामा बुधवार सुनुवाइ हुने भनिएपनि स्थगित भएको छ।
न्यायाधीश दलबहादुर केसी बिदामा बसेकाले शाहको मुद्दमा सुनुवाइ हुन नसकेको तनहुँ जिल्ला अदालतमा श्रेष्तेदार मिनबहादुर कुवँरले जानकारी दिए।
सो मुद्दा बुधवार सुनुवाइका लागि गोला तान्दा शाहको बेञ्चमा मुद्दा परेको थियो। नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका अभिनेता शाहको पेशी पटक पटक सर्दै आएको छ । उनीविरुद्ध नवलपुर अदालतमा सुनुवाइ हुँदै आएको छ। नवलपुरमा २१ भदौका लागि पेशी तोकिएको छ। गत ३० चैत देखी थुनामा रहेका अभिनेता शाह हाल तनहुँ जिल्ला कारागारमा छन्।