काठमाडौँ। एकीकृत समाजवादी पार्टीका उपमहासचिव तथा कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वाला प्रतिनिधिसभा निर्वाचनका लागि सल्यानबाट सिफारिस भएका छन्।
नेकपा एकीकृत समाजवादीको जिल्ला कमिटीले आगामी मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवारीका लागि उनको नाम सिफारिस गरेको हो। त्यस्तै समानुपातिकतर्फ दामोदर शर्मा र शान्ता हमालको नाम सिफारिस गरिएको छ। त्यस्तै, प्रदेशसभा (क) र (ख) का लागि ६ जनाको नाम सिफारिस गरिएको उनले जानकारी दिए।
एउटा प्रतिनिधिसभा र दुई वटा प्रदेशसभा क्षेत्र रहेको यस जिल्लामा प्रदेश (क) मा लोकबहादुर डाङ्गी, प्रेमा अधिकारी र जीवन बिसीको नाम उम्मेदवारीका लागि सिफारिस गरिएको छ। यस्तै, प्रदेशसभा (ख) मा भद्रसिंह बुढा, शारदा परियार र हरी केसीको नाम सिफारिस गरिएको छ। प्रतिनिधिसभातर्फ नेकपा एकीकृत समाजवादीले गठबन्धनका तर्फबाट सशक्त दाबी गरेको छ।
प्रदेश सरकारमा माओवादीलाई सत्तामा टिकाउन र जम्मा एक सिट जितेको कांग्रेसलाई सत्तामा पु¥याउन ज्वालालगायत नेकपा एकीकृत समाजवादीका नेताहरुले निर्णायक भूमिका खेलेका कारण पनि कांग्रेस र माओवादीका लागि सल्यानमा प्रकाश ज्वालालाई सघाउनुपर्ने नैतिक दबाब छ।