जनताले दुःख पाउनु भएन: मन्त्री चौधरी



काठमाडौँ। सहरी विकास मन्त्री मेटमणि चौधरीले आयोजना सन्चालन गर्दा जनताले दुःख पाउन नहुने धारणा राखेका छन्।

सैंबु नख्खुडोल जग्गा एकीकरण आयोजनाको नव निर्मित सामुदायिक भवनको उद्घाटन गर्दै मन्त्री चौधरीले भने, ‘समयमै निर्माण कार्य नसकिदा जनताले अनेक खाले समस्या झेल्नुपरेको छ। आयोजनाहरु जनताको मनोविज्ञान बुझेर सन्चालन गर्नुपर्छ, जसले गर्दा जनताले लाभ लिन सकुन्। जनताले दुःख पाउनु भएन।’

आयोजनाको योजना बुन्दा जनतालाई हुने लाभ हेरिनुपर्नेमा जोड दिएका मन्त्री चौधरीले सबै पक्ष जिम्मेवार भएर आयोजना सम्पन्न गर्न एक जुट हुनुुपर्ने धारणा राखेका थिए।

उक्त कार्यक्रममा मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंह, महानिर्देशक सुरन्द्रमोहन श्रेष्ठ, काठमाडौँ विकास प्राधिकरणका प्रमुख विकास आयुक्त जानुका ढकाल लगायतको उपस्थिति थियो।