काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहविरुद्ध अवहेलना मुद्दा परेको छ।
नर्भिक अदालतले दायर गरेको रिटपछि अदालतको मानहानी हुनेगरी शाहले टिप्पणी गरेको भन्दै अधिवक्ता दीपकराज जोशीले साहविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा हालेका हुन्।
साहले ‘संविधान संशोधन गरेर नक्सा पास गर्ने अधिकार अदालतलाई दिउँ’ भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए। त्यसले अदालतको अवहेलना गरेको जोशीको तर्क छ। सो मुद्दामा आजै न्यायाधीश हरिकृष्ण कार्कीको इजलासमा सुनुवाइ हुने भएको छ।