जाजरकोट। जीवन रुपान्तरणका अन्तर्राष्ट्रिय प्रशिक्षक नरबहादुर कार्कीले आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभाको निर्वाचनमा जाजरकोटबाट स्वतन्त्र उम्मेदवारी दिने भएका छन्।
जाजरकोट पुगेर पत्रकार सम्मेलन गरी कार्कीले प्रतिनिधी सभा सदस्यमा आफ्नो उम्मेदवारी रहने बताएका हुन्।
विभिन्न सामाजिक अभियानमा सक्रिय कार्कीले जाजरकोटी जनताले भोट दिएर जिताएमा यहाँका जनताको निम्ति गर्व गर्न लायक काम गर्ने बताए।
जाजरकोटको छेडागाड नगरपालिका १२ कार्कीगाउँमा जन्मिएका कार्कीले विश्वका धेरै देशहरुका प्रशिक्षण दिईरहेका छन्। यसभन्दा अघिल्लो निर्वाचनमा समेत जाजरकोट प्रदेश सभा (ख) उम्मेदवारी घोषणा गरेका कार्कीले वामगठबन्धनका कारण उम्मेदवारी फिर्ता दिएका थिए।
यस पटकको निर्वाचनमा राजनीतिक दल भन्दामाथि उठेर जाजरकोटका समस्याहरु समाधान गर्ने गरी निर्वाचनको घोषणा गरेको कार्की बताउँछन्।
यहाँका समस्या, गरिवी, पछौटेपन, चेतनास्तरलाई नजिक बाट बुझेको र जाजरकोट समृद्ध बनाउने संकल्प बोकेर अगाडि बढेको भन्दै कार्कीले यसपटक निर्वाचनमा विचार गरी भोट हाल्न समेत आग्रह गरेका छन्। समान्य गरिवका छोराछोरीले पैसा विनै कसरी चुनाव लड्न सकिन्छ भन्ने आफु बाट सिकाई हुने समेत दावी गरे।