काठमाडौँ। मंसिर ४ गते हुने आम निर्वाचनका लागि सिट बाँडफाँटको मोडालिटी तयार गर्न गठन भएको सत्ता गठबन्धनको कार्यदल बैठक निष्कर्षबिहीन बनेको छ।
प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा आइतबार बसेको कार्यदल बैठक निष्कर्षविहीन बनेको हो ।
कार्यदलका सदस्य राष्ट्रिय जनमोर्चाका हिमलाल पुरीले आजको छलफल खासै उपलब्धिमुलक हुन नसकेको बताए। यसअघि काँग्रेसले प्रतिनिधिसभातर्फ १०० सिट तथा माओवादी केन्द्र ६०, नेकपा एकीकृत समाजवादीले ४० सिट, जसपाले ३२ सिट र जनमोर्चाले २ सिटमा दाबी गरेको थियो।
यस्तै गठबन्धनमा प्रतिनिधिसभाका साथै प्रदेशसभाको सिट फाँडफाँटबारे पनि छलफल सुरु भएको छ। तर, ठोस सहमति बनेको छैन। अब अर्को बैठक काँग्रेसले समन्वय गरेर बोलाउने पुरीले बताए।