२०२ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौँ। पछिल्लो २४ घण्टामा २०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

३८३३ जनामा गरिएको नमूना परीक्षणपछि २०२ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा ४६२ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने १ जनाको मृत्यु भएको छ। अहिले देशभर ३३१३ जना सक्रिय संक्रमित रहेका छन्।