कर्णाली प्रदेशका दुई मन्त्रीले दिए राजीनामा



सुर्खेत। कर्णाली प्रदेश सरकारका दुई मन्त्रीले आइतबार राजीनामा दिएका छन्।

नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले राजीनामा दिएका हुन्।

उनीहरुले आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर मुख्यमन्त्री जीवनबहादुर शाही समक्ष राजीनामा दिएका हुन्। शुक्रबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले मुख्यमन्त्री जीवनबहादुर शाही समक्ष मन्त्री विष्ट र सिंहलाई फिर्ता बोलाउन गरेको निर्णय पठाइसकेको थियो।

उक्त निर्णयअनुसार नै दुई मन्त्रीले आजै राजीनामा दिएका हुन्। माओवादीले मन्त्री विष्ट र सिंहको ठाउँमा दलकी सचेतक कृष्णा शाह र सांसद रातो कामीलाई सिफारिस गरेको छ।