काठमाडौँ। घरेलु टोली केन्याले नेपाली राष्ट्रिय क्रिकेट टोलीविरुद्धको दोस्रो टी–ट्वान्टी खेलमा जित निकालेको छ।
शुक्रबार भएको खेलमा केन्याले नेपाललाई १८ रनले हराएको हो।
नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले दिएको १३३ लनको लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा सम्पुर्ण विकेट घुमाउँदै मात्र ११४ रन बनायो। नेपालका लागि आरिफ शेखले सर्वाधिक २५ रन बनाए। आदील अन्सारी र रोहित पौडेलले २०-२० रनको योगदान गरे । त्यस्तै पवन सर्राफ १९ रनमा आउट भए। कप्तान सन्दीप लामिछाने ८ जोडे। केन्याका इमानुएल बुन्डी, लुकास औचा र भिराज पटेलले २र२ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३२ रन बनायो। केन्याका लागि राकेप पटेल ३५ रनको योगदान गरे । त्यस्तै नेहिमा ओडिम्बोले २९ रन बनाउँदा इर्फान करिम २२ रन बनाए। बलिङतर्फ नेपालका लागि कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान तीन–तीन विकेट लिए। त्यस्तै करण केसीले दुई विकेट लिँदा पवन सरार्फले एक विकेट लिए।
यो जितसँगै केन्याले सिरिजमा १-१ को बराबरी गरेको छ। पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो। पाँच खेलको टी–ट्वान्टी सिरिजको तेस्रो खेल भदौ १२ गते हुनेछ। यसपछि नेपालले एकदिवसीय खेल खेल्नेछ।