सत्ता गठबन्धनको बैठक बस्दै



काठमाडौँ। सत्तारुढ गठबन्धनको बैठक आज बस्ने भएको छ। गठबन्धनबीच सिट बाँडफाँटमा सहमति जुटाउने आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो।

सिट बाँडफाँटमा सहमति जुटाउन कार्यदल बनाइएको भए पनि त्यहाँ सहमति नजुटेपछि शीर्ष नेताहरुबाटै सहमति खोज्ने प्रयास भइरहेको छ।

गठबन्धनमा रहेका दलहरु आ-आफ्नो दाबीबाट पछि नहटेपछि कार्यदलले सहमति जुटाउन सकेको थिएन। बैठकमा नेपाली काँग्रेसले प्रत्यक्षतर्फ एक सय सिटमा दाबी गरेको छ भने अन्य दलहरुले ८० सिट मात्र दिन सकिने बताउँदै आएका छन्।