काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)ले बिहीबार पार्टी पुनर्गठन दिवस मनाउने भएको छ।
एकीकृत समाजवादीले निर्वाचन अयोगबाट पार्टी दर्ता प्रमाणपत्र पाएको दिन भदौ ९ गतेलाई पार्टी पुनर्गठन दिवसको रूपमा मनाउन लागेको हो।
गत वर्ष नेकपा (एमाले)बाट विभाजन भई माधवकुमार नेपालको नेतृत्वमा भदौ २ गते निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिएकोमा भदौ ९ गते सो पार्टीले दर्ता प्रमाणपत्र पाएको थियो।
बुधबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बिहीबार (भोलि) दिउँसो १ बजे बानेश्वरस्थित अर्पण ब्याङ्क्वेटमा पुनर्गठन दिवस मनाउन लागिएको जानकारी दिए।
उनले आफूहरूको पार्टी पुनर्गठनपछि पहिलो परिणाम प्रतिगमनकारी एमालेको झुण्डलाई सत्ताबाट झारेको र लोकतान्त्रिक शक्तिलाई एक ठाउँमा उभ्याएर संविधान जोगाएको बताए।
उाले पार्टीले हालसम्म पाँच लाख सदस्यता वितरण गरिसकेको पनि दाबी गरे।