पलको मुद्दा विपक्षीबाट स्थगित



काठमाडौँ। अभिनेता पल शाहको मुद्दा प्रतिवादीको तर्फबाट स्थगित भएको छ।

नवलपुर जिल्ला अदालतमा विचाराधीन मुद्दा बुधबार प्रतिवादीको तर्फबाट स्थगित भएको हो।

बुधबार शाहको मुद्दा नवलपुर जिल्ला अदालतका एक नम्बर न्यायाधीश उमेश प्रसाद लुइँटेलको इजलासमा परेको थियो। बुधबार फैसलाको अपेक्षा गरिएको भएपनि प्रतिवादी पूर्ण विक्रम शाह (पल शाह)को तर्फबाट स्थगित गराइएको नवलपुर जिल्ला अदालतले जनाएको छ।

नवलपुर जिल्ला अदालतका सूचना अधिकारी लाल बहादुर क्षेत्रीका अनुसार बुधबारको पेसी प्रतिवादीका तर्फबाट स्थगित गराइएको छ। अब अर्को पेसीमा सुनुवाइ हुने पनि सूचना अधिकारी क्षेत्रीले रातोपाटीलाई बताए।