समानुपातिक निर्वाचनका लागि शुक्रबारबाट दल दर्ता



काठमाडौँ। निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहाने राजनीतिक दललाई निवेदन पेश गर्न आव्हान गरेको छ।

आगमी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा समानुपातिक निर्वाचनमा भाग लिन चाहाने राजनीतिक दललाई निवेदन दिन आव्हान गरेको हो।

निर्वाचन आयोगले जारी गरेको सार्वजनिक सुचना अनुसार १० भदौ देखी १२ भदौ सम्म समानुपातिक तर्फको निर्वाचनमा भाग लिनका लागि दल दर्ता गरिसक्नु पर्नेछ। आयोगका अनुसार समानुपातिक तर्फको निर्वाचनमा भाग लिन चाहाने राजनीतिक दलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनु पर्नेछ।

आयोगले गत साउनमा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आव्हान गर्दा ८७ दलले निर्वाचन आयोगमा दल दर्ता गराएका थिए।