महेन्द्र बहादुर शाहीलाई महेन्द्र राष्कोटीको खुला चिठी



दाजुऔ ढोग गर्या।

तमी निकाई हौला । हुन त ठूलाबडा निकाई हुँदा छन् । केही रोग ब्यादि लाग्या पन महंगा अस्पतालमा उपचार होइजादो । नेपालमा सम्भव भएन भन्या विदेश लैजदा/गैजादा। ज्या भयापन तमी आरामै हौला भन्या कामना । ठूलाबडाका त दिन पनि बैरी राम्रा हुँदा । मीठो मीठो खादा । सफा टाला लाईदा छन् । मेरा कुरा क्या अद्दा । चैतका मलसापो जस्तो भयाको छु । दाजु क्या अरौ भलो भलो स्कुल पड्डो छियाँ । तम्मो पार्टी उहीँ बेला महान भन्दाछिया । माओवादी पुरानो भत्काउन्या नयाँ बनाउने भनि केही राखेन । भलो भलो पुरी खर्क बस्याको छिया तमीले पनि बैरि हसक अर्यौ र पुरी मङ्गलसैन सेना र पुलिस शीत रातभरी झकडा अर्यौ र केही राख्यौन । तम्मो पार्टी, तमी र तम्मा लालसेना भन्नेले अछाम चिड्को पाडीदिया । आफू रात हडिकन हाम्मा कालिकोट लालुहुँदै तेम्मा उबा उछिट्टिया ।

त्यहिका केही दिन पछाडि झाल्यामाल्या टाला लाएका आर्मि आया र माथि बेडुगडा हाम्मा तल पिठाराका जन्म बाज्याका गडामनि भटभट्या आयो र भेडा जसो झाल्या माल्या ठूला गडामनि समक्क भया । हाम्मा बुवाले पुसका मैना छकालै क्या बोलाया जसो मान्या बाहिर आया र हेर्या त माथिउँदा दे खादाउक्या यै लस्कर लागि कन केही राख्यानन्। युवाहरुलाई ओद कुटाई गर्या । तल ढुङग्याइनीका सोझा साझा तीन चार जना दलित दाजुभाईलाई लिएर घाडाखुन्डा गोली हानिकन मार्या ।

राज्यका सेना त्यो माइपैको चुहानी झोल रक्सि खाइकन आया, मुवा र म बस्याछा छियौ । यक मायपैको राणीको छोरो जाजाला वहिको वहि रन्या । तेहिका भाइ बाबू हाटका हाटै बाटका बाटै रन्या । तेहिका घरउदो तमौका बेन्ना हाल्ना हुन्या तेहिकि जोई राणि हुन्या पुरी अछाम हाम्मा आर्मिकन मान्या गैछि भन्यो र मकन चडम्म कान मनि हान्यो । ओ मेरा बाबै झनन् भयो चक्कर आया । घोप्टे पड्या अझ लात्तले बेअरिकन कोद्या फल्याजन अर्यो ।

मुवाले मेरा छोरालाई मारिअलि भनि तेहिका हात समाउन गै क्या छिन । चाल्लाका जसा काना भयको मायको पैतेहिको काठ क्या हो कानउदो हाल्याको छियो तेहिले कप्पालउदो भन्कायो । मुवा कुकाउन लागिन । आफू वडातिर खाल बस्याको बल्ल जसो भयाको यकातिर क्या अरु कान पुडा बन्द भया । पारिम्माको घाम पहेलो धेक्या उ पुडो बाइगो दिन पर भोट्याबस्या गडा भैसा लियार गयाको छियो बेस्सरी कन कुटाइ खायाको ढुङगामनि सुत्या पुडो पछाडि भैसाको घाणो सुनी ऊठया र त ढुङगामनि रगत पडेको छामछुम अर्या र कानबाटि रगत आयो उहिताका नानू गेलै छिया ।

एकचोटी रोया मायकापैले गिदिका माना हल्लाउन्या गरिकन हान्यो छ सुच्या । पछाडी कान सुन्न कम हुँदै गयो । तेहुउडा तेहि अरिकन दिन काट्या पुरी श्रीकोट स्कुल पड्डो छिया । गलो भलो भलो छियो । साथीभाईले गीत गा माइला भन्दा गाइदो छिया । तम्मा पाटीका ले दे तो गाइदो कलाकार होइ माओवादी हुनु पर्यो भनि दनायाका गाई पछाडि बहड लाग्या जन लाग्या दाजु । तम्मा माओवादी पर न दिल काकु (दिनेश शाही), धन दाजु (धनराज वास्तविक), म स्कुल जादा हामी पनि टिमुर्या बैँस आएका नाप नाप केही अर्या मान्दैनन्।

कैले किताब राखिकन कार्यक्रम भन्दा कैले रात राक्या जुलुस अर्दा भलअरिकन भुटाले मार्याका छिया । क्या अरौ बिचाराउ भनिकन लुक्ता छियौ पढाइपन बिग्रिगयो । पछि सुनौला दिन आउन्या हुन् नयाँ नेपाल रुडिवादी र बुर्जुवा शिक्षा हुँदैन भन्दा छिया । कठै कम अद्दा छिया क्या । त्यही भनिकन ठिक्क अर्या हुदाँपन नयाँ नेपाल भया विकास गाडि मोटर चल्या भया राम्रो हुन्या भया पुडा जाउ त भैगो भनिकन सल्लाह अर्यो ।

तोकन कलाकार बनाउला भन्या ठिक्क भयाँ । पुडो अब बाइजानु छ मरिन्या होकी ? बाचिन्या होकि ? क्या हुँदो छ भनि माथि रानिडढा बुवा मेरो जेठो दाजु छिया भेटियाउ भनि गया । लेख बैसागका मैना छियो आजभोलि कर्णाली सन्देशका सम्पादक तथा एकीकृत समाजावादी पार्टीका नेता धनराज वास्तविक दाजु उहीँ बेला हाम्मा धन दाजु भन्दा छियौं । ती दाजु र म यकै कलास पड्यौ । सङ्गै खायौ बस्यौ । ती मेरा मामाका छोरा । म तिनुको फुपुको छोरो । बचपनका साथ्या हौ । दाजु भाइपनि हौ । ती दाजु पन लेख भेटिया उहीँ बेला हाम्मो पन्च्या बहड छियो । साढियाको बैरिऐ फिल्को जुझिन्नाको पनि फिल्को गोरु लिकन जाउ भन्या दादुले हुन पनि मनउदो ।

माओवादी होइजानु पडन्या कुरा पन अरुला भनि तलि सिरु्या पाटा गोरु लिकन गयका छियौ दाजु र म । पुरी मेहलका जडाउदा कुडा अरुकन सिल्ताउदा बस्याका छियौ पन्च्या बहड हुक्कादो छियो तल खोलाखर्क लक्षिमन दाजुको बहड झन मायाकोपै किरियो झन साँढे रएछ तलम्मो त्यो किरियो आयो माथिउदो हाम्मो पन्च्या बहड गयो र तेहि डिलउदाको चौडउदो बेसरिकन लड्याछन हामी वरिउदा कुडा अन्नाले केही राख्यौन पछाडि बहडका गयो त भनिकन हेर्या पुडो खोला हुर्रि गयो छ । रुदै तलि खोला गयौ त पन्च्या बहडका ठाडा खुटा भयाका पानिका दहउदा क्या अद्दा तेम्मो भागो खायाको कगया जसो तेम्मा उबा गयौ ।

दाजुका मेरा कुडा का गया गया दे क्या अद्दा । बालेली खर्क गयौ र त बुवाले जेठा दाजुले मकन काटटो भया भनिकन केही राख्यान तेहि बेला थाहा पाया बिचाराउ साढ्या कन झन साढ्या मिल्दो रहेछ । हाम्मो बहड बैरि जोरालो छियो लक्षिमन दादुको त्यो किरियो झन जोरालो रहेछ। खोला हुर्यायो धन दाजु, बुवा मेरो जेठो दाजु तेहि छिया म पुडो घर आइगया । घर आया र मुवाकन भन्या मुवाले पनि नाप रिसाइन । यक दिन बस्या भोलि पल्ट पुडो भुमिगत भैगया ।

क्या अरु कलाकार बनाउन्ना सुच्या । कलाकार हैन लालसेनामा जानु पड्यो भनिकन हात बन्दुकको ठोसो दियार तालिम अर भनि हप्प मुम्रा चौडमनि डगुडा डगुड यक मैना अरि बेसरी चैतका बादर जसो बनाया । झाल्या माल्या कपडा दिया अगाडि तारो भयाको टोपी दिया । पुडो अछाम पठाया अछाम सोड्सा भन्ने गाउँमा बस्याका छियौ आया साफेबाट सेना पड्यो झकडा लडाई ।

आफू त पैला गयाको कान च्याउ च्याउ हुन लाग्या । घोप्या पडिरया हाम्मो कमान्डर छिया कैलालिका बामन हुन पदम भन्या मकन पार्टीमा गयापछि नाम नबयुग कमरेड भन्दाछिया । ती कमान्डर आया र लात्तले हानिकन हामी लडन आयका हौं नवयुक कमरेड अगाडि बढनुहोस् भन्या । क्या अगाडि बढनु
? आफ्ना चेत नाई बिचाराउ । माथिमनि यक साहासी कमरेड त्यो आढ्या काठको छोइलो जिपियम्जि भन्या चलाउदा छिया ।

लुकिकन काबाट हान्यो छियो बिचाराउ कप्पाल मनि हान्यो र भ्याकुडो मार्याजन अर्यो । अझ ती कमान्डरले नबयुग कमरेड जानू साथि सहादत भयापन हतियार बचाउनु पड्यो भनि रिसाया । तलम्मो लुकिकन गया र हतियार समाया । ती साहसी त्यहुँदा पड्याका छिया अरुकन लास ल्याउ भन्या । मकन त्यो आढ्या काठको चोइलो जिपियम्जि ल्याइकन आभन्या समाउन क्या पाया अझकाबाट हान्यो पुडातिरको डौसिल्या ढुङगाम्मो लाग्यो र अझ पैला हान्या कानमनि ढुङगो लाग्यो र पराया चेत भया ।

कद्दु लोट्याजन भया र तल पुडो पड्या अझ तेहि कानमनि चोट लाग्यो । खुट्टामा गोलीको छर्रा लाग्यो । घाइते भया । त्यहि अरिकन लडाइ सकियो । त्यहिमनिका तीन दिनपछि रामारोशन अस्पताल छियो । माओवादीको डाक्टरले छर्रा निकालि दिया । कान चेक अर्या र ठिकै छ दुवार्इ खानु भनिकन दुवाइ दिया ।

अथाइ कालिकोटका हाम्मा सेनाका कमान्ड महेन्द्र बहादुर शाही (प्रज्वल) (कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री) आहुन्या हुन् ती कलास दिदाछन् भन्या । भोलि पल्ट दाजु तमि आयौ । दुई जना तम्मो स्टाप भन्दा छिया बैरि तगडा छिया । अथाई तमीले रगत बगाउनु पर्छ नयाँ जनवादको लागि घाइते सामान्य हो मर्नु परेपनि मर्छौ भनिकन हामीकन दुई दिनसम्म भाषण दियौ।

पछि सुनौला दिन आउन्या छन् भन्यौ । मकन आजभोलि झलझली याद आउँदो छ । पछाडि तमी का बाइगयौ हामी अझ यक मैनापछि कैलालीको खिमडी भन्या ठाउँमा बोलाया पछि गयौ । त्यहि अरिकन यक दिन बित्याका छियामाथि म्याग्दि हानौ भनिकन हाम्मा कमान्डर सङग अछाम कालिकोट कुमल गाउँ पुगि मेसउदो पकायाको घोगाको ढिणो खाने बेला आजभोलिका हाम्मा पुर्ब राजा मान्म आउन्या रयाछन तिनुकन सुरक्षा दिनकन सेना लोखाडाका धारि पठायाको रहिछ ।

अझ पड्यो तेहि चिड्को माथि हामी तल सेना दुई दिन दुई रात भयो लडाई अझ तेहि बेला म आइयन्टि टिम भन्दाछिया खबरी अगाडि गैकनका गया भनि डाडामनि दुरबिनिले हेर्दो छियाँ। सिखर काकुका घरका हप्पिमनि पर मान्मबाट त्यो आढ्या काठको चोइलो लङरेन्ज हान्यो छ । केही थाहा पायान बस्या ढुङगाका जडाम्मो लाग्यो र मदानिको रै जहो अझ छिचिकाट्या को चल्लो उड्याजन भया र मै साथका मरिगया म तलि गडाउँदो पड्याको रैछु । रात होस् आयो र माथि रास्कोट कोलिगाउम्मा मकन बोक्ता थाहा पाया ।

हल्का घाइते भया छौ तेहिअरिकन लड्याको मान्छे म आफै छोड्या र इन्डिया गयापछि मन मर्यो । म जैथरा कैयौ हुन्ना यस्तरी लडिकन कान फुट्याका खुट्टा भाग्याका, हात चुडियका तर क्या अरौ तमीले शान्तिकालमा पैसा पायौ खायौ अगाडि हात भयो । कमान्डर भयौ । महेन्द्र दादजु । हाम्मा कालिकोटका ठूला तमि नै हौ । जनयुद्धको बेला तमीले हामीकन दिएको जनवादी भाषण आज का गयो ? कोजानी ।

केही होइजाला सुच्या चुनाव लड्यौ जन्ताले पत्याय भोट हाल्या । दुई चोटी जिताया मन्त्रि भयौ उर्जा मन्त्रि भयौ तम्मा नजिकको म एक घाइते पीडित कन केही हेर्यौन । नापनाप गाइदो छौं जोई छोरी पाली खायाको छु । तम्मो सुनौला दिन, नयाँ नेपालको स्वर्णीम भाषण का गयो होला दाजु ? छोरीकन अमेरिका पठायौं रे भन्दा सुन्याको छु । टेलिभिजनमा लगानी गर्याछौं रे भन्दा सुन्या छु । साचो हो कि लपाई क्या हो ? तमी आफै थाहा पाओ बिचाराउ । तमी आजभोलि फोन पनि उठाउँदैनौं । त्यहि भएर खुल्ला चिठि लेख्न बाध्या भयाको हुँ ।

आज त्यहि आर्मीको कुटाई, त्यसपछिका विभिन्न मोर्चामा भिड्दै गर्दा मेरो जीवन संगोल रहेन दाजु । आजभोली वीर अस्पतालको बेडमनि सुत्याको छु । अहिले मलाई हेन्या नत तम्मो सरकार छ , नत तमी फोन उठाउँदा । नत तमीले भनेको सुनौला दिन आया । केही पनि नाई तमी तेसाई । अँ जीवन बुढा ती पनि कमान्डर हुन् आजभोलिका खतरै नेता । ती पनि कुडा मात्रै अद्धा । काम भन्यापछी लुकिजादा । दुर्ग रावत का छन् ? का बस्ता छन्? तिनुकन जिताइकन पन खड गयो । ठिकै छ मेरा साडु दाइ सबैकन सयोग अद्दाछन् । सबैले रुचायका नेता माथि पलाताका लक्ष्मण बम पलाति कान्छाले सम्झिया खर्च हालिदिया । केही झर्को नमान भन्या । खुशी लाग्यो ।

ति माइसकन रङ्ग देखाउन्या । जैले पनि सम्झिदा कलाकार भनि काम दिदा। अझ पर मङ्सिर ४ गतेका दिन स्वतन्त्र लड्डो भन्नाछन् । यही कान्या कान लिकन तिनिकन जिताउन गैजाने छौं । तम्मा दिन छन् गर हामी पनि लड्याका हौं । तमि ठूला भयौ । हामी नाना भयौं । प्रचण्ड काकुकन पन भेट्न मन छियो । क्या अरौ तमीकन त भेट गर्न सकिँदैन । प्रचण्ड काकुलाई क्या भेट्न सकिएला बिचाराउ । अब फेरि मङ्सिर चार गते भेट होइजान्छकी ? अस्ति तमीकन (नवयुग) कलाकारको केन्द्रीय सदस्यमा राख्याका छौं आउनु पड्यो भन्दाछियाँ । मेरो कन्डो लाग्याको छियो ? म गयान । बैराग लाग्दा । बाँचेपछि भेट होइजाला पख यक चोटि । कुडा अरौला ।

उहीँ महेन्द्र शाही रास्कोटी (क. नवयुग)

देउडा गायक तथा जनमुक्ति सेना घाइते