काठमाडौँ। प्रदेश र प्रतिनिधिसभा चुनावमा सिट बाँडफाँट गर्न बसेको सत्ता गठबन्धनको बैठक आज पनि विना निष्कर्ष सकिएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सिट बाँडफाँटबारे छलफल भएपनि निष्कर्ष ननिस्केको सरकारका प्रवक्तासमेत रहेका मन्त्री ज्ञानेन्द्र कार्कीले बैठकपछि जानकारी दिए। उनले मंगलबार दिउँसो ३ बजे अर्को बैठक बस्ने पनि बताए।
‘गठबन्धन बैठक निष्कर्ष नजिक पुगेको छ। बैठक जारी छ, भोली ३ बजे बस्नेछ’, कार्कीको भनाइ छ। बैठकमा सिट बाँडफाँट र त्यसपछिको अवस्थामा केन्द्रीत रहेर छलफल भएको मन्त्री कार्कीले बताए।