काठमाडौँ। चलचित्र प्रकाशको टिमले जुम्लामा पत्रकार सम्मेलन गरेको छ।
आइतबार जुम्लामा चलचित्रका मुख्य नायक प्रदिप खड्का र चलचित्रका लेखक बिकास सुवेदीसहितको टिमले पत्रकार सम्मेलन गरेको हो। जुम्लाको पातारासी गाउँपालिकामा अधिकांश छायाँकन रहेको चलचित्र प्रकाश पातारासीकै तिर्खु गाउँको मोक्ष माबिमा पृमियर शो गर्न नायक खड्का र लेखक सुवेदी जुम्ला आएका हुन्।
पत्रकार सम्मेलनमा बोल्दै लेखक सुबेदीले चलचित्रले आर्थिक बिपन्न ब्यक्तिहरुको सपनाको कथा बोकेको बताए। लेखक सुबेदीले प्रकाशले कर्णालीको विशेष गरि बिकट भुगोलको कथा, भाषा, ब्यक्तिको जीवन शैली बोलेको बताए । उनले भने यो मुभी सफल हुंदा जुम्ला चलचित्र छायांकन को हब हुने बताए।
नायक प्रदिप खडकाले प्रकाश विशेष गरि देशमा आमूल परिबर्तन र बिद्रोह भैसकेपछी आएको ब्यबस्था पुण छ कि छैन भनेर देखाउने प्रयत्न गरिएको बताए। करिब ६० प्रतिशत स्थानीय कलाकार को अभिनय रहेको प्रकाश चलचित्रमा ठेट खश भाषा नभै मिश्रित भाषा प्रयोग भएको खड्काले बताए।
करिब साढे २ करोड लगानी रहेको चलचित्रमा रिलिज अघि करिब ७५ प्रतिशत लगानी सुरक्षित गरिसकेको निर्माण पक्षले बताएको छ। चलचित्र देश भरी यहि भदौ १० गते प्रदर्शन हुँदैछ।
चलचित्रको टिम पृमियरका लागि सदरमुकाम बाट करिब ४ घण्टा लाग्ने तिर्खु गाउमा प्रस्थान गरेको छ। आजै पृमियर गरि टोलि बजार फर्किने बताइएको छ । चलचित्रमा दुर्गम गाउंको दलित शिक्षक को संघर्शको कथा रहेको छ।