२९९ जनामा कोरोना सङ्क्रमण



काठमाडौँ। नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको छ।

योसँगै हालसम्म महामारीबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ९९२ पुगेको छ। नेपालमा कोभिड–१९ को मृत्यु दर १।२ प्रतिशत रहेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २९९ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ। ४ हजार ३३७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १८० तथा एन्टिजेन विधिबाट ११९ जनामा सङ्क्रमण पुष्टि भएको हो।

यही अवधिका थप ५७७ जना निको पनि भएका छन्। योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ६२५ पुगेको छ। यस्तै थप १८ हजार ६७० जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।