राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०२२ घोषणा



काठमाडौँ। राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपीजे नेपाल) ले ‘राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०२२ घोषणा गरेको छ ।

शुक्रबार राजधानीको हात्तिसारस्थित नेपाल हाउसमा एक कार्यक्रमको आयोजना गरेर उक्त अवार्डको घोषणा गरेको हो । संस्थाको २५औं वार्षिकोत्सव तथा १८३औं विश्व फोटोग्राफी दिवसको अवसरमा उक्त अवार्ड सार्वजनिक गरिएको हो ।

लाईफटाइम एचिभमेन्ट अवार्ड, दैनिक जीवन फोटो पत्रकारिता अवार्ड, खेलकुद फोटो पत्रकारिता अवार्ड, महिला फोटो पत्रकारिता अवार्ड, पर्यटन तथा संस्कृति फोटो पत्रकारिता अवार्ड, आर्थिक, राजनीतिक, मनोरञ्जन फोटो पत्रकारिता अवार्ड र स्वतन्त्र फोटो पत्रकारिता अवार्ड घोषणा गरेको छ।

त्यस्तै संघीय संरचनाअनुसार पनि संस्थाले अवार्ड वितरण गर्ने बताएको छ । प्रदेश १ मा उत्कृष्ट फोटोपत्रकारिता अवार्ड, मधेश प्रदेश उत्कृष्ट फोटोपत्रकारिता अवार्ड, बागमति उत्कृष्ट फोटोपत्रकारिता अवार्ड,, गण्डकी प्रदेश उत्कृष्ट फोटोपत्रकारिता अवार्ड, लुम्बिनि पदेश उत्कृष्ट फोटोपत्रकारिता अवार्ड, कर्णाली प्रदेश उत्कृष्ट फोटोपत्रकारिता अवार्ड र सूदुरपश्चिम उत्कृष्ट फोटोपत्रकारिता अवार्ड घोषणा गरेको छ ।

घोषित आवार्डको लागि निम्न मापदण्ड तय गरेको छ।