काठमाडौँ। शुक्रबार र शनिबार हुने माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएल नेपालको राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ।
बिहीबार पत्रकार सम्मेलन गरेर वाईसीएलले भेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो। राष्ट्रिय सभागृहमा हुने सम्मेलनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गर्ने उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
यस्तै भेला उद्घाटन सत्र, बन्द सत्र र समापन सत्र गरी तीन सत्रमा अघि बढ्ने संयोजक सुमन देवकोटाले जानकारी दिए। बन्दसत्रमा संगठनको विगतका कामहरुको सिंहावलोकन, क्रान्तिकारी युवा आन्दोलनको नीति तथा कार्ययोजनामा छलफल गरी समग्र कार्यदिशा तय गरिने उनको भनाइ छ।
यस्तै अवको युवा आन्दोलन परम्परागत नभइ रोजगार, स्वरोजगार निर्माण, श्रम र उद्यमशीलतामा जोड गरिने पनि उनको भनाइ छ । भेलाले विधानअनुसार केन्द्रीय समिति र पदाधिकारी सर्वसम्मत निर्वाचित गरिने उनको भनाइ छ।