काठमाडौँ। विश्व स्वास्थ्य संगठन (डब्युएचओ) ले ८० लाख सिरिन्ज नेपाललाई उपलब्ध गराएको छ।
राष्ट्रिय कोभिड–१९ खोप अभियानका लागि बिहीबार डब्ल्युएचओका नेपाल प्रमुख डा.राजेश संभाजीराव पाण्डवले स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्र रमण सिंहलाई ८० लाख सिरिन्ज हस्तान्तरण गरेका हुन्।
डब्ल्युएचआले सहयोग स्वरुप उपलब्ध गराएको सिरिन्जहरु देशभरका स्वास्थ्य केन्द्रहरुमा वितरण गरिनेछ। जसले प्रभावकारी रूपमा खोप कार्यक्रम संचालन गर्न मद्दत गर्ने विश्वास लिइएको छ।