सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै



काठमाडौँ। सत्ता गठबन्धनको शीर्ष नेताहरुको बैठक आज बस्दै छ।

बिहान १० बजे बालुवाटारमा बैठक बस्नेछ।

राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक, प्रतिनिधि सभा र प्रदेश सभाको आसन्न निर्वाचन, सिट बाँडफाँटलगायत विषयमा बैठक केन्द्रित हुने बताइएको छ। साथै सिट बाँडफाँट कार्यदलमा भएको छलफलको प्रगति विवरण पनि आजको बैठकमा पेस गर्ने तयारी छ।

राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक प्रमाणीकरणका लागि जस्ताको तस्तै पुनः राष्ट्रपतिसमक्ष पठाउने सत्तारुढ दलको तयारी छ। आजको प्रतिनिधि सभा बैठकको कार्यसूचीमा सो विधेयक पारित गर्ने कार्यसूची समावेश छ।