काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) ले मंसिरमा हुने निर्वाचनका लागि पार्टीबाट प्रदेश तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन सात मापदण्ड तय गरेको छ।
बुधबार बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले सातवटा मापदण्डभित्र पर्नेमात्रै पार्टीको उम्मेदवार बन्न सक्ने निर्णय गरेको महासचिव डा। बेदुराम भुसालले सञ्चारकर्मीलाई जानकारी दिएका छन्।
उनका अनुसार समावेशी समानुपातिकका सिद्धान्तलाई आत्मसात गर्दै सातवटा मापदण्डभित्र रहेर जिल्ला र प्रदेश निर्वाचन कमिटीलाई उम्मेदवार पठाउन बैठकले निर्देशन दिएको छ। भदौ २० भित्र जिल्ला र प्रदेशबाट आएका (नाम) सिफारिसमा केन्द्रले छलफल गरेर टुंग्याउने भएको छ।
यस्ता छन् मापदण्ड
१.पार्टीको कार्यदिशा,नीति र कार्यक्रमप्रति प्रतिवद्ध भएको,
२.पार्टी निर्माणमा योगदान गरेको र विद्रोहमा सक्रिय भूमिका खेलेको,
३.पार्टी र क्रान्तिप्रतिको निष्ठा र अनुशासनमा दृढ रहेको,
४.आर्थिक र नैतिक आचरण राम्रो भएको,
५.जनतामा स्थापित र लोकप्रीय रहेको,
६.स्वच्छ छवि र सुशासनको पक्षपाती,
७.कार्यक्षमता र सक्रियता राम्रो भएको