काठमाडौँ। काठमाडौF महानगरपालिकाका मेयर बालेन साहले बञ्चरेडाँडामा फोहोर लिएर जाने सडकको अवस्था नाजुग भएकाेमा प्रचण्डको आलोचना गरेका छन्।
हिलाम्य सडकको भिडियो फेसबुकमा पोस्ट गर्दै बालेनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नैतिकतामाथि पनि प्रश्न उठाएका छन्। जुन सडक निर्माणको जिम्मा शैलुङ कन्स्ट्रक्सनले पाएको छ। कम्पनीका सञ्चालक शारदाप्रसाद अधिकारी हुन्। उनी हाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बस्दै आएको घरको घरबेटीसमेत हुन्।
बालेनले लेखेका छन्, ‘श्रीमान प्रचण्डज्यू उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो विगत ८ वर्षदेखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर।’