काठमाडौँ। एक वर्षको अवधिमा वैदेशिक रोजगारीमा रहेका नेपालीमार्फत १० खर्ब ७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७८र७९ मा सो रकम बराबरको रेमिट्यान्स भित्रिएको हो। यो वर्ष रेमिट्यान्स आप्रवाह ४.८ प्रतिशतले बढेको हो।
आर्थिक वर्ष २०७७र७८ मा रेमिट्यान्स ९.८ प्रतिशतले बढेको थियो । रेमिट्यान्स असारमा मात्र १ खर्ब ३ अर्बले भित्रिएको छ । अमेरिकी डलरमा रेमिट्यान्स २।२ प्रतिशतले बढेर ८ अर्ब ३३ करोड डलर भित्रिएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८.२ प्रतिशतले बढेको थियो ।
एक वर्षको अवधिमा श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण लिनेको संख्या ३ लाख ५४ हजार ६६० पुगेको छ । अघिल्ला वर्ष यो संख्या ६२.८ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारमा जान पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८५ हजार ४५३ पुगेको छ।