काठमाडौँ। अन्ततः नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम पनि नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्नबाटै चुनावमा भाग लिने भएका छन्।
मंगलबार गौतमले माओवादीको चुनाव चिह्न सहज हुने भन्दै माओवादीकै चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिने जनाएका छन्।
उनले भनेका छन्, ‘हामीलाई माओवादीको चुनाव चिह्न सहज हुने देखियो। माओवादीलाई प्रस्ताव पठाएका छौं।’ उनले आफ्नो कदम पार्टी एकीकरण नभएर चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिन लागेको बताएका छन्।
यसअघि नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादीको चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिने सहमति गरेका थिए।