काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) केन्द्रीय प्रचार विभागका सचिव प्रकाश खतिवडाले आफ्नो जन्मदिनको उपलक्ष्यमा समाजवादी प्रेस संगठनको पत्रकार कल्याणकारी कोषका निम्ति १५ हजार रकम हस्तान्तरण गरेका छन्।
सोमबार आफ्नो ५२औं जन्मदिनको अवसरमा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा प्रचार विभागले आयोजना गरेको जन्मदिनको शुभकामना आदानप्रदान कार्यक्रममा विभागका सचिव खतिवडाले उक्त कल्याणकारी कोषमा जम्मा हुने गरी १५ हजार प्रदान गरेका हुन्।
खतिवडाले प्रेस संगठनको विधानले व्यवस्था गरे बमोजिम कल्याणकारी कोषमा रकम हस्तान्तरण गरेका हुन्। कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा, पार्टीका स्थायी कमिटी सदस्य तथा मधेस प्रदेश अध्यक्ष रामचन्द्र यादव केन्द्रीय सदस्य दामोदर अर्याल र अशेष घिमिरे, समाजवादी प्रेस सङ्गठनका उपाध्यक्ष तथा प्रचार विभागका सदस्य सन्तराम विडारी र भवानी कार्की प्रचार विभागका सदस्यहरु धनराज वास्तविक, लेखनाथ सिकारू, जिके पोखरेल, कृतु भण्डारी, समाजवादी प्रेस संगठन केन्द्रीय सदस्य लिला श्रेष्ठ, सिन्धुपाल्चोक जिल्ला अध्यक्ष नवराज पौडेल, कार्यालयका माधव अधिकारी, विष्णु रिजाललगायतको उपस्थिति रहेको थियो।