सरिताको कथा सङ्ग्रह खुशीको फड्को सार्वजनिक



काठमाडौँ। कथाकार सरिता अर्यालको कथा सङ्ग्रह खुशीको फड्को सार्वजनिक गरिएको छ।

आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले उक्त कथा सङ्ग्रह बिमोचन गरेका हुन्। नेपाल स्रष्टा समाजको आयोजनामा उक्त कृति बिमोचन गरिएको हो। डा.रजनी ढकालले कृतिमाथी टिप्पणी गरेकी थिईन।

टिप्पणीकार डा. ढकालले समालोचकीय दृष्टिकोणबाट केही टिप्पणी गर्न सकिने भएपनी सरिता अर्यालले महत्त्वपूर्ण कथाहरू समावेश गरेको बताइन। कथा सङ्ग्रहमा १४ वटा कथा समावेश छन् । जसमा यौवन, वैदेशिक यात्रा, समाजका चित्रहरू, नारी समस्या, मातृत्व, समाजले महिलालाई हेर्ने दृष्टिकोण के छ ? भन्ने खालका सन्दर्भहरु समावेस छन्।