काठमाडौँ। निर्वाचन आयोगमा आगामी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि २१ दल दर्ता भएका छन्।
आयोगका अनुसार आगामी निर्वाचनका लागि बिहीबारसम्म २१ राजनीतिक दल दर्ता भएका हुन् ।
अझै दल दर्ता हुने क्रम बढिरहेको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए। उनका अनुसार नेकपा एमालेलगायतका दलहरु दर्ता भएका छन्। यस्तै थप ३ दल दर्ता प्रक्रियामा रहेको आयोगले जनाएको छ। आयोगमा यसअघि १ सय १६ राजनीतिक दल दर्ता भएका छन्।