सत्ता गठबन्धन कार्यदल बैठक सकियो



काठमाडौँ। सत्ता गठबन्धनको कार्यदल बैठकमा आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटका लागि सहमतिको मोडालिटीबारे सकारात्मक छलफल भएको छ।

बिहीबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कार्यदलको बैठकमा सहमतिको मोडालिटीबारे सकारात्मक छलफल भएको हो।

कार्यदलका सदस्य देव गुरुङले भने, सिट बाँडफाँटको सहमतिका लागि मोडालिटी बनाउनेबारे आज छलफल भएको छ। छलफल सकारात्मक भएको छ।’ कार्यदलमा आज छलफल भएको विषयमा पाँच दलले आ आफ्नो पार्टीभित्र पनि छलफल गर्ने बताए। गुरुङका अनुसार कार्यदलको अर्को बैठक साउन ३० गते बस्ने छ ।

उनले विगतमा दलहरूले पाएको मतलाई आधार बनाएर सिट बाँडफाँट गर्ने मोडालिटीबारे पनि छलफल गरिएको बताए । ‘स्थानीय चुनाव, विगतको संसदीय चुनावमा आएका मतलाई हेर्ने कुरा छ। विगतमा भएका चुनावका मत मात्रै आधार भने हुँदैन। केही दल पहिले अस्तित्वमा थिएनन्, उनले भने ।