‘ताइवानमाथिको चिनियाँ दबाबलाई सामान्य मान्न सकिँदैन’



काठमाडौँ। अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले चीनलाई ताइवानमाथिको नयाँ दबाबलाई सामान्य बनाउन अमेरिकाले अनुमति दिन नसक्ने बताएकी छन्।

चीनले आफ्नो दाबी गरिएको टापुको भ्रमणपछि केही बेइजिङको सैन्य अभ्यासलाई लिएर उनको भनाइ आएको हो । ‘चीनले ताइवान माथिको नयाँ दबाबलाई सामान्यकरण गर्न खोजेको पायौँ । र हामी यसलाई सामान्य मान्न सक्दैनौं’, पेलोसीले एसिया भ्रमणका क्रममा उनीसँगै यात्रा गरेका अन्य चार डेमोक्रयाटिक हाउसका सदस्यहरूसँगको पत्रकार सम्मेलनमा भनिन् ।

चीनले ताइवान वरपर ‘विभिन्न कार्य’ पूरा गरेको तर तर नियमित गस्ती जारी राख्ने जनाएको छ । स्वशासित टापुमा दबाब जारी राख्ने जनाएको छ । ताइवान टापुको वरपर समुद्री अभ्यासहरू सञ्चालन गरेको भन्दै चीनको आलोचना गरेको छ । पेलोसीको ताइवान भ्रमणको विरोधमा बेइजिङले सैन्य अभ्यास गर्दै आएको छ ।

चीनको सेनाले यसअघि घोषणा गरेको लाइभ फायर अभ्यास आइतवार समाप्त भएपछि ताइवान वरिपरि ठूलो मात्रामा सैन्य अभ्यास जारी राखेको जनाएको छ । चिनियाँ सेनाको पूर्वी थिएटर कमाण्डले पनडुब्बी विरोधी आक्रमण र समुद्री आक्रमणको अभ्यास गर्ने जनाएको छ ।