प्रचण्ड पाँच दिने जापान भ्रमणबाट स्वदेश फर्किए



काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँच दिने जापान भ्रमणबाट स्वदेश फर्किएका छन्।

उनले स्वदेश फर्किएपछि नागरिकता विधेयक प्रमाणिकरणमा ढिलाईबारे बोलेका छन्। प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीबाट विधेयक प्रमाणिकरणमा ढिलाई भएकोमा प्रश्न उठाएका छन्। उनले पत्रकारको प्रश्नमा भने,‘राष्ट्रपतिजीले रोक्नुहुन्न भन्ने मलाई लाग्छ र ढिलो नहुनुपर्दथ्यो।’

नागरिकता विधेयक प्रमाणिकरणका लागि पठाइएकोमा राष्ट्रपति कार्यालयले रोकेर राखेकोमा प्रचण्डको भनाई आउनुलाई चासोका साथ हेरिएको छ।

प्रचण्डले जापान भ्रमण सफल भएको बताउँदै महत्वपूर्ण भेटहरु भएको बताए। उनले जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टीका नेताहरु, व्यवसायीलगायतसँग भेट गरेका थिए।

तस्बिरः मुकुन्द कालिकोटे