डोनाल्ड ट्रम्पको घरमा प्रहरीको छापा



काठमाडौँ। अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथिको अनुसन्धानमा एकाएक तीव्रता दिएको सङ्घीय अनुसन्धान ब्यूरो एफबीआईले फ्लोरिडास्थित उनको घरमा छापा मारेपछि त्यसले अमेरिकाको राष्ट्रपतीय इतिहासलाई नयाँ बाटोमा पुर्‍याउन सक्ने प्रश्न उब्जाएको छ।

राष्ट्रपतिको कार्यकालका कागजातहरूको व्यवस्थापनसँग सम्बन्धित भनिएको छानबिनमा ट्रम्प दोषी ठहरिए उनी पुनः राष्ट्रपतीय उम्मेदवार बन्न नपाउने कतिपयले बताइरहेका छन्।

यो मामिला के हो?

ट्रम्पमाथिको अनुसन्धानमा भएको प्रगतिबारे एफबीआईको खोजीले के देखायोरु र ट्रम्प सन् २०२४ को राष्ट्रपति निर्वाचनमा उम्मेदवार बन्नबाट वञ्चित हुन पाउँछन्?

प्रश्न उठ्नुको कारण

अमेरिकी न्याय मन्त्रालयका पूर्व सरकारी वकिल जोसेफ मोरिनो मार(ए(लागो रिसोर्ट रहेको ट्रम्पको निवासमा छापा मारिएको गम्भीरता र प्रकृति उनीमाथि मुद्दा लाग्न सक्ने दिशामा अघि बढेको बताउँछन्।

ूएफबीआई वा सङ्घीय वकिल कसैले राष्ट्रपतीय अभिलेख कानुन वा वर्गीकृत कागजपत्रहरूलाई नियमन गर्ने अरू कुनै कानुनको उल्लङ्घन भएको ठानेका छन्। त्यस कारण पनि उनीहरू अघि बढेका हुन्,ू मोरेनो भन्छन्।

राष्ट्रपतीय अभिलेख कानुनले अमेरिकी राष्ट्रपतिहरूलाई कार्यकाल सकिएपछि सबै कागजातहरू र इमेल हस्तान्तरण गर्न बाध्य बनाएको छ।

तर ट्रम्पको घरमा छापा मारिएपछि अधिकांश विश्लेषणहरू सन् २०२४ मा हुन लागेको राष्ट्रपतीय निर्वाचन र अमेरिकी आपराधिक कानुनको एउटा दफामा केन्द्रित भएका छन्।

अमेरिकी अपराध कानुनको परिच्छेद १८ को दफा २०७१ मा जानीजानी कुनै पनि सरकारी अभिलेख, कामकारबाही, नक्सा, पुस्तक, कागजात वा अन्य वस्तु गैर कानुनी रूपमा नष्ट गरे, हटाए वा क्षति पुर्‍याए तीन वर्षसम्म जेल सजाय जरिवाना हुने उल्लेख छ।

सबैभन्दा महत्त्वपूर्ण के छ भने यो कानुनले यस्तो कसुरमा संलग्न व्यक्ति कुनै पनि सङ्घीय कार्यालयमा ूकाम गर्न अयोग्य हुनेू उल्लेख छ।

अर्को तर्क

ट्रम्प यो कसुरमा दोषी ठहर भए ह्वाइट हाउसमा फर्कने उनको आशा समाप्त हुने कतिपयको बुझाइ छ।

तर ट्रम्प पुनः राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार हुने कुरा अहिलेसम्म हल्लामा मात्रै सीमित छ।

यो वास्तविक कानुन हो र यदि डोनल्ड ट्रम्पले यसको उल्लङ्घन गरेका रहेछन् भने सङ्घीय कार्यालयमा फेरि कहिल्यै काम गर्न नपाउने गरी सजाय हुनसक्छ,राष्ट्रपतीय इतिहासविद् माइकल बेसलसले एमएसएनबीसीसँग भनेका छन्।

यद्यपि कतिपय कानुनविद्हरूले यो व्यवस्थाले कसैलाई पनि राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार हुनबाट वञ्चित नगर्ने तर्क गरेका छन्।

उनीहरूले राष्ट्रपतिको उम्मेदवार बन्नबाट नागरिकता, आवास र उमेरले मात्रै कसैलाई वञ्चित गर्न सक्ने व्यवस्था रहेको दाबी गरेका छन्।

संवैधानिक कानुनका प्राध्यापक बरिन काल्ट यस्तो कानुन संविधानभन्दा माथि नहुने बताउँछन्।

संविधानसँग बाझिएको कानुन

संवैधानिक तथा कानुनी विज्ञहरूले पनि फौजदारी अभियोगमा दोषी साबित भएका व्यक्तिहरू राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार हुनबाट वञ्चित गर्ने प्रावधान नरहेको बताए।

यसको सबैभन्दा पछिल्लो उदाहरण जर्ज डब्लू बुस हुन्। साधारण अपराध मानिने मादक पदार्थ सेवन गरेर सवारी चलाएको अभियोगमा दोषी साबित भएका उनी दुई पटक अमेरिकाको राष्ट्रपति बने।

अमेरिकाको राष्ट्रपति निर्वाचनमा उम्मेदवार बन्नका लागि न्यूनतम मापदण्ड त्यहाँको संविधानले तोकेको छ। यस्तो मापदण्ड एकदमै सामान्य छ। उम्मेदवार हुन ३५ वर्ष पुगेको हुनुपर्छ र कम्तीमा १४ वर्षदेखि अमेरिकामा बसोबास गरिरहेको हुनुपर्छ।

त्यस कारण पनि अमेरिकाको कानुन र संविधान बाझिएका छन्। संविधानले प्रतिबन्ध नलगाए पनि सङ्घीय कानुनले फौजदारी अभियोगमा दोषी ठहर भएका व्यक्तिलाई राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार हुन रोक लगाएको छ।

संवैधानिक कानुनको आधारभूत सिद्धान्त के हो भने संविधान सर्वोच्च हो र योसँग बाझिने कुनै पनि कानुन स्वतः खारेज हुन्छ,ू उनले भने।

ट्रम्प उम्मेदवार हुन पाउलान्रु

कतिपय कानुनविद्हरूले अमेरिकी संसद्ले महाअभियोगबाट सार्वजनिक पदमा रहेका व्यक्तिलाई अयोग्य ठहर गर्न सक्ने अधिकार रहेको बताएका छन्।

तर अमेरिकी संविधानले यसबारेमा पनि कुनै व्यवस्था गरेको छैन।

संसद्ले ९महाअभियोग अधिकार प्रयोग गरेर० अयोग्य ठहर्‍याएको अवस्थामा मात्रै उनी राष्ट्रपतिको उम्मेदवार बन्न सक्दैनन्। तर यो धेरै अस्वाभाविक हुन्छ, मोरेनो भन्छन्।

कतिपय विज्ञहरूले भने ट्रम्पमाथि मुद्दा दायर भएको अवस्थामा सरकारी वकिलहरूले उनीमाथि उठ्न सक्ने योग्यताको प्रश्नमा पनि अदालतबाट स्पष्ट गर्न माग गर्न सक्छन्।

तर प्राध्यापक काल्टको बुझाइमा पूर्वराष्ट्रपतिलाई अदालतबाट पनि उम्मेदवार हुनबाट रोक लाग्ने सम्भावना कम छ।

म यदि ट्रम्पको सल्लाहकार थिएँ भने म यस विषयमा कुनै चिन्ता नलिन भन्ने थिएँ। उनी ढुक्कले बसे हुन्छ, काल्ट भन्छन्।