नेपालमा चुनाव र विश्वकप फुटबलको उद्घाटन एकै दिन



काठमाडौँ। फिफा विश्वकप फुटबलको उद्घाटन र पहिलो खेल निर्धारित मितिभन्दा एक दिन अगाडि हुने भएको छ।

रोयटर्सले दिएको जानकारी अनुसार उद्घाटन खेल नोभेम्बर २० मा हुने भएको हो। कतार फुटबलले यसअघि २१ नोभेम्बरमा उद्घाटन र त्यससम्बन्धी खेल हुनेगरी तालिका तय गरेको थियो।

तर, हाल आएर एक दिन अघि विश्वकप फुटबलको उद्घाटन र पहिलो खेल सुरु हुने स्रोतलाई उदृत गर्दै रोयटर्सले खबर छापेको छ। सामान्यतया प्रतियोगिताको पहिलो खेलको किक अफ हुनुअघि उद्घाटन समारोह गरिन्छ।

पहिलो दिनमा नै सेनेगल र नेदरल्यान्ड्सबीचको समूह ‘ए’को खेल र समूह ‘बी’को इल्यान्ड र इरानबीचको खेल सोमबार हुने कार्यक्रम थियो । एक दिन पहिले आयोजना गर्नका लागि फिफाका छ वटा क्षेत्रीय कन्फेडेरेसनका प्रमुख र अध्यक्ष जियानी इन्फान्टिनोले मतदान गर्नुपर्नेछ। ढिलो सूचनाका बाबजुत पनि मिति सर्ने भएको रोयटर्सले जनाएको छ। नोभेम्बर २० अर्थात मंसिर ४ गते नेपालमा आम चुनाव हुँदैछ।