काठमाडौँ। राष्ट्र बैंकको अनुमति बिना विदेशी मुद्राको कारोबार गरेको आरोप लागेका अमित श्रेष्ठलाई अदालतले थुनामा राख्न आदेश गरेको छ।
मंगलबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश नारायण सुवेदीले उनलाई थुनामा राख्न आदेश गरेका हुन्। नुवाकोट घर भएका श्रेष्ठलाई प्रहरीले क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा असार २९ मा पक्राउ गरेको थियो।
जिल्ला सरकारी वकिल कार्यालयले उनीविरुद्ध अवैध डलर कारोबार गरेको पुष्टि भएको भन्दै ४८ करोड ४ लाख ७२ हजार बिगो मागदाबी लिएर मुद्दा दायर गरेको थियो।
मोबाइल र ल्यापटपको फरेन्सिक जाँच रिपोर्ट अनुसार उनले राष्ट्र बैंकको अनुमति बिना विदेशी मुद्राको कारोबार गरेको देखिएको छ। उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ।